Connect with us

Website: the-constellation.org

Newsletter EnglishFrench Spanish  

Facebook https://www.facebook.com/pages/The-Constellation/457271687691239  

Twitter @TheConstellati1

Instagramhttps://www.instagram.com/constellationclcp/

Youtube channel: The Constellation SALT-CLCP

छरपष्ट भएर छरिएका सपनाहरू समेटेर आफ्नै महत्व ,आवश्यकता र सम्भावनालाई साक्षी राखी फुल्छन् फक्रिन्छन् र उदाउँछन् नारी

ग्रामीण क्षेत्रमा सरल, शान्त र प्रकृतिसँगै रमाउँदै हुर्किएकी युवती हु म । गाउँले जीवन खेतीपाती, गाईवस्तु पालन ,वनजङ्गल, घाँस ,दाउरा गर्दै सरकारी विद्यालयमा आफ्नो पढाइलाई निरन्तरता दिँदै आएकी युवती म।
म सादा विचार, सामूहिक र पारस्पारिक सहयोग, एकअर्काप्रति साटिने दुःख ,सुख मनोरञ्जनका साधन सिमित भए तापनि मेलापात ,जात्रा र स्थानीय खेलकुदमै रमाउने व्यक्ति हुँ। कलिलै उमेरदेखि स–साना समस्याहरू समाधान गर्न खोज्ने ,बालबालिकाहरूका लागि विद्यालय जान उत्प्रेरणीत गर्ने मान्छे म, आपत विपत परेकाहरूलाई सम्झाएर समस्या समाधानको बाटो खोज्ने व्यक्ति हुँ। १६ वर्षको कलिलो उमेरमा विवाहलाई अंगाल्दै आएकी म विवाह पश्चात् मौनताले घेरिएको जीवन, ओठमै थामिएर बसेका शब्दहरु ,मनभित्रभित्रै गुम्सिएर उर्लिएको समुन्द्र, कसलाई सुनाउँ? र कसरी सुनाउँ? सपनाहरू अधुरा भएर टुटे, भावनाहरु भत्किएर छताछुल्ल भए, सबैको सामु बाहिर शान्त देखिन्थे। तर मनमा भित्रभित्रै दबाएर राख्न परेको सपनाको आँधीबेरीले मलाई छटपटी भइरहन्थ्यो। नयनले पोखेको कथालाई कोही पढ्न सक्दैनथे। मनले बोलेको आवाजलाई कोही सुन्न सक्दैनथे र चाहँदैनथे पनि। मौनताको अन्धकारमा आफ्नै छायाँसँग आफै कुरा गर्थे र आफ्नै मनको प्रश्नलाई आफैंले उत्तर दिन्थे। मौनता नै मेरो भाषा बनेको थियो।नयनमा टिलपिल टिलपिल भएका आँसुहरू मेरा कविता बनेका थिए। बेलाबेलामा लाग्ने गथ्र्यो ।“ निभेको बत्ती अनि निदाएको मन, मरिसकेको आशा अनि अस्ताएको घाम ।“ उद्देश्य बोकेर दौडिएको जिन्दगी कैयौँ सपना पूरा नहुँदै अस्थाए भने के हुन्छ होला ?यहाँ आएर एउटा प्रश्न चिन्ह खडा हुन्थ्यो?मौनतामा हराएता पनि मनमनै म जागिरहन्थे। “आँखा चिम्लिँदै कहाँ रात पर्छ र “भनेझैँ मेरा मनका भावनाहरुले मलाई समाजसेवामा लाग्न उकास्न थाल्यो। मनले भन्छ एकपल्ट फेरि उठ्नै पर्छ। सर्वप्रथम त म आफैंभित्रबाट उठ्ने प्रयत्न गरे। सपनाहरूले रातदिन निदाउन दिँदैनथे। सबै मानिसमा एउटा न एउटा छुट्टै किसिमको प्रतिभा लुकेको हुन्छ। भनेझैं म मा पनि केही न केही प्रतिभा छ भन्ने कुराले मन खाइरहन्थ्यो ।हो ,म त्यही प्रतिभा अगाडि ल्याउन आफैबाट उठेँ। परिवारबाट उठेँ र समुदायबाट उठेँ। कुनै कुनै कुरालाई मुस्कुराएर टारिदिनुपर्छ बहस गर्नु हुँदैन भनेझैँ म मेरा परिवारहरुसँग मुस्कुराउँदै सामाजिक हकहितमा अगाडि बढ्ने प्रयास गरे। सपना सजाएर हिँडेकी छोरी विवाह पश्चात चुलो र चौकोमा मात्र सीमित हुनुहुँदैन। यदि छोरी अर्थात् बुहारीले पनि चाहे भने देशको एक बलियो खम्बा भएर उभिन सक्नेछन्। भन्ने कुराले मन खाइरहन्थ्यो। मलाई सामाजिक कार्यमा एकदमै रुचि थियो म समूहहरुमा महिलाहरूको नेतृत्व गरी आफूले जानेका कुराहरूलाई सबै सामु सुनाएर अघि बढ्ने प्रयत्न गर्थे। गाउँठाउँमा विद्यालय त थियो तर शिक्षामा गुणस्तर थिएन। शिक्षामा गुणस्तर ल्याउन विभिन्न कार्यक्रमहरू गर्ने, गाउँ ठाउँमा महिलाहरू भेला गरी जनचेतनाका कार्यक्रमहरू गराउने र कमजोर मानिसहरू लाई पनि आत्मविश्वास लिएर अघि बढ्ने हो भने कुनै न कुनै काममा पक्कै सफल हुन सकिन्छ भने स्पष्टीकरण गर्दै आएकी थिएँ। यसै क्रममा मलाई पिस फर पिपुल संस्थामा जोडिएर गोल्बल फड फर चिल्र्डैनको ए आर सि र्पाेजेट मार्फत समाजको लागी केही गर्ने एक नयाँ अवसर मिल्यो। जहाँबाट मैले समाजमा र व्यक्तिमा कसरी परिवर्तन ल्याउने भन्नेबारे अझ प्रष्ट भए ।“सिक्यौँ भने टिक्न सकिन्छ र टिक्यौँ भने सफल बन्न सकिन्छ“ भन्ने नाराका साथ थप आत्मविश्वास लिएर म अगाडि बढ्न थाले।
जब मैले साल्टको बारेमा सुने ,तब म छक्क परे। यो त हामीले अझ नयाँ ज्ञान सिक्न सक्ने उपाय पो रहेछ। यो एउटा यस्तो दीर्घकालीन र प्रभावकारी विधि हो। जसले सिकाई क्षमतामा दक्षता ल्याउन मद्दत पुर्याउँछ। साल्ट एप्रोचलाई विशेषत शैक्षिक र व्यक्तित्व विकासका सन्दर्भमा बुझ्न सकिने रहेछ। यसले शिक्षा सिकाइ र समग्र मानसिक विकासको बारेमा महत्वपूर्ण दृष्टिकोण प्रस्तुत गर्ने रहेछ। साल्ट भन्ने बित्तिकै Support (सहयोग) Appreciate (मूल्याङ्कन) Learn (सिकाई) र Transform (रूपान्तरण) भनी बुझ्न सकिने रहेछ। यसले सिकाइ कार्यमा गहिरो र दिगो सोच विचार गर्न प्रेरित गर्दछ ।जस्तै,
रणनीति
क्रिया
सिकाई
सोच यस्तै यस्तै।

जब मैले मेरो सहकर्मीबाट यसलाइ सुनेपछि म मा छुट्टै उमङ्ग पलायो। स्वतन्त्र सोच, विश्लेषण, सकारात्मक मानसिकता र सुधारका प्रक्रियामा विश्वास र कार्यान्वयन, स्पष्ट योजना, नवीन दृष्टिकोण चिन्तन र विश्लेषण सक्रिय संलग्नता जस्ता कुराहरू समावेश हुने रहेछन्।

अन्तमा साल्ट एप्रोचलाई जीवनका विभिन्न समस्याहरूमा लागू गर्दा सिकाई प्रक्रिया, मानसिकता र कार्यशक्ति सुधार गर्न मद्दत पुर्याउने रहेछ। त्यसैले जब हामी“ सिक्छौ तब मात्र टिक्न सफल हुन्छौँ। “साल्टलाई आत्मसाथ गर्दै अगाडि बढ्ने हो भने हामी घरपरिवार, समुदाय र सिंगो राष्ट्र परिवर्तन गर्न सक्नेछौँ। यसबाट जीवनमा नयाँ योजना बनाउन, लक्ष्य प्राप्ति गर्न, ठोस कदम चाल्न सकिने रहेछ। कुनैपनि कुराहरूलाई गहिरो रुपमा सोचविचार गरी अभ्यास र क्रियामा मात्र सीमित नभई सोच र विश्लेषण गर्दा सिकाइको स्तरमा वृद्धि हुने रहेछ। समस्याको समाधानका लागि रचनात्मक सोचको विकास गर्नुपर्ने रहेछ। नयाँ कुरा सिक्दा असफलतासँग डराउन नहुने रहेछ। प्रत्येक असफलता एक नयाँ अवसर हो भनि सुधार गर्न परिवर्तनको बाटो अपनाउनुपर्ने रहेछ। यसले दीर्घकालीन सिकाइको प्रक्रिया सुदृढ गर्ने रहेछ। त्यसैले संसार परिवर्तन गर्नु छ भने हामीबाट होइन म बाट सुरुवात गर्नुपर्ने रहेछ। अब मैले साल्टको कुरालाई आत्मसाथ गर्दै अगाडि बढ्ने निधो गरेकी छु।

Views: 40

Comment

You need to be a member of Community life competence to add comments!

Join Community life competence

© 2025   Created by Rituu B. Nanda.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service