Good Practices Observed and Key Learnings from the Bara and Dhading's Community Visits

मिति बि.सं २०८३ साल जेष्ठ महिनाको १० गते देखि १२ गते सम्म तदनुसार ई.सं २०२६ मे महिनाको २४ तारेख देखि २६ तारेख सम्म बागमति प्रदेशको बारा जिल्ला फेटा गाउँपालिका वार्ड नं-१ त्रिवेणि समुदाय र मिति बि.सं २०८३ साल जेष्ठ महिनाको १३ गते देखि १५ गते सम्म तदनुसार ई.सं २०२६ मे महिनाको २७ तारेख देखि २९ तारेख सम्म धादिङ जिल्ला थाक्रे गाउँपालिका वार्ड नं-६ मातिगाउँको चेपांङ समुदाय संगको भेटघाट नेपाल कोहट मार्फत जि.एफ्.सि.ले अगाडि बढाएको कार्यक्रम मुख्य समस्याको पहिचान तथा सम्बोधन(ARC) को लक्ष्य अनुसार बाल हितकारी परियोजना नेपाल,पिस फर पिपल तथा सखी(महिलाको साथी)को सहजिकणमा सम्पन्न भयो।यि भेटघाटमा तल उल्लेखित राम्रा कुराहरु पाएँ। जुन कुरा आफ्नो जिबनको सिकाई भयो र लागु गर्न चाहेँ।

मैले पाएका राम्रा कुरा

  • समुदायमा रहेका ज्ञान, सीप र अनुभवले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।
  • सहयोग, विश्वास र हौसलाले कठिन परिस्थितिमा रहेका व्यक्तिलाई नयाँ जीवन दिन सकिन्छ।
  • महिला तथा पुरुष सबैले समान रूपमा आफ्ना विचार राख्न र निर्णय प्रक्रियामा सहभागी हुनुपर्छ।
  • सकारात्मक सोच, सम्मानपूर्ण व्यवहार र आपसी सहकार्यले समुदायमा राम्रो वातावरण निर्माण हुन्छ।
  • परिवार र समुदायका समस्या संवाद र सहकार्यबाट समाधान गर्न सकिन्छ।

जीवनमा लागू गर्न चाहेको सिकाइ

  • सबै व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गर्ने।
  • समस्या भन्दा समाधान खोज्ने बानी विकास गर्ने।
  • समुदायका सदस्यहरूको अनुभव र ज्ञानबाट सिक्ने।
  • महिला तथा पुरुषको समान सहभागितालाई प्रोत्साहन गर्ने।
  • सकारात्मक सोच राखी अरूलाई सहयोग गर्ने।
  • परिवार र समुदायमा देखिएका समस्या छलफल र सहकार्यबाट समाधान गर्ने प्रयास गर्ने।
  • आफूमा भएको क्षमता र सीपको उपयोग गरी समुदायको विकासमा योगदान गर्ने।